माया सँग को
एक पल ले
नै प्यारो भयो
जिन्दगी
तिमी बिना बाँच्नु
पर्दा सारो भयो
जिन्दगी
तिम्रो हुन सकिन
अब कस्को हुनु
छ
आए आँप गए
झटारो भयो जिन्दगी
काहा चुके म कहाँ
भुल भयो म
बाट
एता न उता
को खतारो भयो
जिन्दगी
रावाण ले जस्तो
हरन गर्न पनि
सकिन मैले
दिन दिनै रक्सी
को चटारो भयो
जिन्दगी
काम पर्दा सम्झना आयो
पछी त बिर्सी
हालेउ
दही हुन्जेल काम लाग्ने
कतरो भयो जिन्दगी
आज अर्कै भेटेउ अरे
उतै खुशी हुन्छेउ
रे
एता पिङ बिना
को लठारो भयो
जिन्दगी
तिमी बिना बच्न
नसक्ने होईन म
पनि
तर केहि बर्ष
अब अफ्ट्यरो भयो
जिन्दगी
आफु तातो सहेर
अरुलाई राम्रो
बनाउने
मकै भुट्ने हाडीको कप्टेरो भयो जिन्दगी
No comments:
Post a Comment